केन्द्रीय बैंकले आन्तरिक विप्रेषण को सिमा घटाएको छ । चालु आर्थिक वर्षको  मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा मार्फत आन्तरिक रेमिट्यान्सको सिमा घटाउने घोषणा गरेको राष्ट्र बैंक ले फाल्गुन १८ गते देखि लागु हुने गरि उक्त निर्णय  कार्यन्वयनमा ल्याएको हो।  

मुलुक भित्रकै एक स्थान बाट अर्को स्थानमा रेमिट्यान्स कम्पनि तथा सब एजेन्ट मार्फत गरिने आन्तरिक रेमिट्यान्सको सिमा घटेको छ ।  केन्द्रीय बैंक ले बुधबार एक सूचना जारि गर्दै आन्तरिक रेमिट्यान्स कारोबार गर्दा प्रति व्यक्ति , प्रतिदिन अधिकतम २५ हजार रुपैयाँ सम्म मात्र कारोबार गर्न पाउने व्यवस्था गरेको छ । 

यस अघिसम्म प्रतिव्यक्ति प्रतिदिन १ लाख रुपैयाँ सम्म कारोबार गर्न पाउने व्यवस्था थियो । 

विदेशबाट नेपालस्थित सम्बन्धि व्यक्ति वा आफन्त लाइ पठाएको रकम नगदमै भुक्तानी गर्न सक्ने सीमामा भने कुनै पनि परिवर्तन गरिएको छैन ।