काठमाडौं । गायक युवराज चौलागाईंको नयाँ गीत ‘छुटेपछि त छुट्यो छुट्यो’ सार्वजनिक भएको छ । युवराजको आफ्नै स्वर रहेको गीतमा दीपिका रिमाल थापाको शब्द र गायककै संगीत छ ।

गीत गायनमा युवराजलाई अनुष्का पाठकले साथ दिएकी छन् । छुट्न मन नहुँदा नहुँदै छुट्न लागेको प्रेम सम्बन्धको कुरा गीतले ब्यक्त गरेको छ ।

गीतको भिडियोमा पनि गायक युवराज र चर्चित मोडल अञ्जली अधिकारीको अभिनय देख्न सकिन्छ । भिडियोमा कुमार कटुवालले छायांकन, पदम तिमिल्सिनाले छायांकन गरेका हुन् । भिडियोका निर्देशक भुषण दाहाल हुन् ।

भिडियो: