काठमाडौं । आज विश्वभर ११२औँ ‘अन्तर्राष्ट्रिय महिला दिवस’ विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् १९११ देखि मार्च ८ मा मनाउन थालिएको यो दिवसलाई यस वर्ष ‘सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ मनाइँदैछ ।रिन्छ ।
नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरु गरिएको हो ।
नेपालमा पनि महिला दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । आजको दिन महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले र्याली गोष्ठी तथा अन्तक्रिर्या कार्यक्रमको आयोजना गरेका छन् ।


















