सङ्खुवासभा । सङ्खुवासभामा यात्रुवाहक बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । भने ५ जना गम्भीर घाइते भएका छन् ।
आज (बिहिबार) विहान साढे ७ बजे बा ४ ख ७३५ नम्बरको सङ्खुवासभाको मादी रामबेनीबाट झापाको दमक आउँदै गरेको यात्रुवाहक बस कच्ची सडकबाट अन्दाजी ३ सय मिटर तल झर्दा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार दुर्घटना पिलुवा खोला देखि ३ किलोमिटर माथि मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा भएको भएको हो । उक्त दुर्घटनामा परी १४ जना यात्रुको मृत्यु भएको छ ।
सोहि दुर्घटनामा परी ५ जना गम्भीर घाइते भएका छन् । दुर्घटना स्थलबाट प्रहरीले १९ जनालाई उद्धार गरी चैनपुर अस्पताल पठाएको छ ।
उनीहरु सोही अस्पतालमा उपचार भइरहेको छ । मृतकको सनाखत हुन सकेको छैन । घटनाको पूर्ण विवरण आइसकेको छैन ।


















