इटहरी ।सुनसरीको रामधुनी नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा वडासचिवको मृत्यु भएको छ । मृत्यु हुनेमा रामधुनी नगरपालिका वडा नं. ६ मा कार्यरत वडासचिव नन्दकुमार श्रेष्ठ रहेका छन् ।

आज (बुधबार) विहान  श्रेष्ठ सवार को २४ प ९४५६ नम्बरको मोटरसाइकल वडाकार्यालय जाने क्रममा रामधुनी–६ आदर्श टोल स्थित भित्रि सडकमा अनियन्त्रित भई दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परी श्रेष्ठ गम्भीर घाइते भएका थिए । उनको  उपचारकालागी धरान स्थित घोपा क्याम लैजादै गर्दा बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ । 

 घटनाको विषयमा थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।