विराटनगर । विराटनगरमा बिजुलीको बोर्डमा तार जोड्ने क्रममा करेन्ट लागेर शनिबार राति एक जनाको मृत्यु भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार करेन्ट लागेर विराटनगर महानगरपालिका–८ का ३० वर्षीय राजु मुखियाको मृत्यु भएको हो ।
आफ्नै घरको बिजुलीको बोर्डमा तार जोड्ने क्रममा राति ९ बजेतिर करेन्ट लागेर मुखिया घाइते भएका थिए । घाइते मुखियालाई उपचारका लागि विराटनगरको कोसी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको डीएसपी श्रेष्ठले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















