मोरङ । जहदा गाउँपालिका ३ ठूलो हातिबन्दाबाट प्रहरीले लागूऔषध गाँजा बरामद गरेको छ। विशेष सूचनाको आधारमा शनिबार बेलुका साढे ६ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो।
 
स्थानीय ४० वर्षीय भुसाराम राजवंशीको घरपछाडिको कटेरोमा प्लाष्टिकमा प्याक गरी बोरामा हाली लुकाई छिपाई राखिएको ३८ किलो गाँजा बरामद भएको हो।

राजवंशीको घरबाट गाँजा बरामद भए पनि राजवंशी फेला नपरेको तथा उनको खोजतलास भइरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ।