काठमाडौं । कुमारी आमा निहारिका राजपुत पक्राउ परेकी छन्। उनलाई सर्वोच्च अदालत अगाडिबाट प्रहरीले पक्राउ गरेको हो।
अनसन बस्न भन्दै सर्वोच्च अदालत अगाडि पुगेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो। न्यायको माग गर्दै राजपुत विगत तीन दिनदेखि अनसन बस्दै आएकी छन्।
आफूलाई एक व्यक्तिले बलात्कार गरेको त्यसपछि बच्चाको जन्म भएको निहारिकाले दाबी गर्दै आएकी छन्। जिल्ला अदालतले दोषीलाई सफाई दिएपछि उनी आन्दोलन गर्दै आएकी छन्। उनले आरोपी र बच्चाको डीएनए जाँच गर्नुपर्ने भन्दै माग गरेकी छन्। जिल्लाका फैसलाविरुद्ध उनले उच्च अदालत जनकपुरमा पुनरावेदनसमेत गरेकी छन्।


















