इटहरी । मोरङको सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरमा ट्रक कन्टेनरभित्र एक पुरुषको शव फेला परेको छ । केही दिनदेखि सडकमा रोकेर राखेको ना ३ ख ४७४३ नं को ट्रक कन्टेनरभित्र आज बिहान अन्दाजी ३०–३५ वर्षको पुरुषको शव फेला परेको हो ।
भित्रबाट ढोक लक गरेको अवस्थामा कन्टेनरको अगाडिको सिटमा शव रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन्।
स्थानीयका अनुसार सडकमा पूर्वबाट पश्चिमतर्फ फर्काएर चार दिनअघि कन्टेनर राखिएको थियो। डीएसपी श्रेष्ठले घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोली पुगेर अनुसन्धान सुरु गरेको बताए। उनका अनुसार मृतक कन्टेनरका चालक वा सहचालकमध्ये एक भएको हुनसक्ने अनुमान गरिएको छ।


















