काठमाडौं । सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले बढेको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९७ हजार १ सय रुपैयाँ निर्धारण भएको छ।
यस्तै, चाँदीको मूल्य १० रुपैयाँ घटेको छ। आज चाँदी १२ सय ३० रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।


















