झापा । झापामा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
बालिकालाई बलात्कार गरेको अभियोगामा प्रहरीले ताप्लेजुङ फुङलिङ नगरपालिका–९ बस्ने २० वर्षीय दिपेश बिकलाई पक्राउ गरेको छ ।
झापा अर्जुनधारा नगरपालिका–११ स्थित ताप्लेजुङ–पाँचथर होटल एण्ड लजमा दिपेशले बालिकालाई साउन १८ गते राति बलात्कार गरेको प्रहरीले जनाएको छ ।
बलात्कारपछि दिपेशले ती बालिकालाई विवाह गर्छु भनी आफ्नै घरमा लगेर राखेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















