काठमाडौँ । आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको हो ।

बुधबार प्रतितोला ९७ हजार १०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य बिहीबार घटेर ९६ हजार ६०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, बुधबार प्रतितोला ९६ हजार ६०० रुपैयाँ रहेको तेजावी सुनको मूल्य आज बिहीबार घटेर ९६ हजार १०० रुपैयाँ कायम भएको छ । 

यता, चाँदीको मूल्य पनि प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार २२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।