काठमाडौं । आइतबार बिहान गण्डकी, लुम्बिनी र प्रदेश १, कर्णाली प्रदेश र बागमती प्रदेशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षितमा अवस्थित रहेको छ ।
जसका कारण गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहेको विभागले जनाएको छ ।
आज दिउँसो देशका पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
आज राति प्रदेश १, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एकरदुई स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
विभागले भारी वर्षा हुन सक्ने क्षेत्रमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ ।


















