दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

अर्जुन खोला र मसोट खोलाको दोभानमा पौडी खेल्ने क्रममा डुबेर घोराही उपमहानगरपालिका २ रामपुर बुकाका २६ वर्षीय निराजन पोख्रेलको मृत्यु भएको हो ।
 
सशस्त्र प्रहरी बल नेपाल ४१ नम्बर गण हेटक्वाटर अर्जुन खोलाका डिएसपी नवीन बुढाथोकीका अनुसार पोख्रेल शनिबार साथीहरूसँग पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा उनी डुबेका थिए ।