काठमाडौं । सुनको मूल्य आज (सोमबार) प्रतितोला ४ सय रुपैयाँले घटेको छ । आइतबारको तुलनामा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ४०० रुपैयाँ कायम गरिएको छ । आइतबार उक्त सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनको मूल्य सोमबार प्रतितोला ९६ हजार ९०० रुपैयाँ तोकिएको छ । उक्त सुन आइतबार प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, सोमबार चाँदीको मूल्यमा पनि प्रतितोला १५ रुपैयाँ गिरावट आएको छ । आइतबार १ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार १ हजार २३५ रुपैयाँ कायम गरिएको थियो ।


















