काठमाडौं । अब सबै सहकारी संघसंस्थाले वित्तीय विवरण मासिक रुपमा आफ्ना शेयरधनीलाई जानकारी गराउनु पर्ने भएको छ । सहकारी विभागले मंगलबार एक निर्देशन जारी गर्दै यस्तो प्रावधान कार्यान्वयनमा ल्याइएको बताएको हो । 

विभागका अनुसार प्रत्येक सहकारी संस्थाका सञ्चालक समिति र व्यवस्थापकले पहिलो चरणमा एक साता भित्र र त्यसपछि मासिक रुपमा यस्तो विवरण सार्वजनिक गर्नुपर्छ ।

जसमा सेयर पूँजी, जगेडा कोष, कुल बचत, लगानीमा रहेको कर्जा, कूल सेयर सदस्य संख्या, कुल ऋणी सदस्य, तरलता रकम र प्रतिशत, कुल निक्षेप पूँजी र विभिन्न कोषमा रहेको रकम सार्वजनिक गर्नु पर्ने गरी निर्देशन जारी भएको छ ।
 
सहकारी ऐन अनुसार नियामक निकायमा नियमित बुझाउनु पर्ने र माग भए अनुसार बुझाउनु पर्ने विवरण समेत समयमै बुझाउन विभागले सहकारी संस्थाहरुलाई निर्देशन दिएको छ ।