काठमाडौं । प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ७७७ ग्राम सुनसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतीय नागरिक पश्‍चिम विहारका ३४ वर्षीय विकास महाजन रहेका छन् ।
 
सारजाह एयरलाइन्सको विमानबाट दुबई हुँदै काठमाडौं आएका उनलाई त्रिभुवन विमानस्थल विशेष सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट मंगलबार पक्राउ गरेको हो ।

प्रहरीले विकासको साथबाट ७७७ ग्राम तौल बराबरको १ थान सुन र ५ सय दरका भारतीय १९ हजार ५०० रुपैयाँ बरामद गरेको छ ।
 
पक्राउ परेका उनलाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौरचणमा बुझाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।