काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाले भदौ ८ गते बुधबारबाट साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।
लघुवित्तले प्रतिशेयर १०० रुपियाँ अंकित मूल्य भएका १ करोड ३२ लाख रुपियाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो ।
कूल निष्काशन मध्ये २ हजार कित्ता कर्मचारीहरूका लागि र ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी १ लाख २३ हजार ४०० कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गर्न लागिएको हो ।
उक्त कम्पनीको आईपीओमा भदौ १२ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार ३२० कित्तासम्म आवेदन दिन सक्ने बताइएको छ ।
हाल लघुवित्तको चुक्ता पूँजी २ करोड ६८ लाख रुपियाँ छ । आईपीओ बाँडफाँटपछि लघुवित्तको चुक्ता पूँजी ४ करोड रुपियाँ पुग्नेछ ।


















