मोरङ । विराटनगरमा जुवातास खेलिरहेका ८ जनालाई ५० हजार रुपैयाँभन्दा बढी रकमसहित प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता दीपक श्रेष्ठले सोमबार बेलुका विराटनगर–३ मा जुवा खेलिरहेको अवस्थामा उनीहरुबाट नेपाली ५१ हजार २ सय ९८ रुपैयाँ र भारतीय रुपैयाँ २ हजार १ सय, ३ बुक तास बरामद गरिएको बताए।
 
पक्राउ पर्नेमा विराटनगर ३ का ३९ वर्षीय नारायण राई, ४६ वर्षीय अमित कार्की, विराटनगर ४ का ३८ वर्षीय भुवन केसी, ४० वर्षीय दैलेशकुमार कार्की रहेका छन्।

त्यसैगरि, बुढीगंगा गाँउपालिकाका ४५ वर्षीय तीर्थ केसी, ४८ वर्षीय भुपेन्द्र, ४९ वर्षीय कृष्णबहादुर मगर, ६४ वर्षीय पूर्ण पाण्डेलाई समेत पक्राउ गरिएको उनले बताए।

हाल प्रहरीले उनीहरुलाई जुवा कसूरमा ५ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको छ।