प्रकाशपुर । सप्तकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेर बुधबार दिउँसो एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बराहक्षेत्र ९, राजाबासका १२ वर्षीय अमर माझी रहेका छन् ।
सरस्वती मावि राजाबासमा कक्षा ६ मा अध्ययनरत माझीको टिफिन समयमा खाजा खान निस्केका बेला नजिकै रहेको सप्तकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीले जनाएको छ ।
पैडी खेल्ने क्रममा डुबेका माझीको स्थानीय र प्रहरीले उद्दार गरी तत्काल नगर अस्पताल चक्रघट्टीमा उपचार गर्ने क्रममा दिउँसो २ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक बालकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल इनरुवा पठाइएको प्रहरीले जनाएको छ ।


















