काठमाडौं । क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङको विराटनगर–१६ स्थायी घर भई हाल काठमाडौं–१० बानेश्वर बस्‍ने २६ वर्षीय युवक उत्सव दाहाल रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिनामंगलबाट पक्राउ गरेको हो । उनले पीडितहरुलाई वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइदिन्छु भनी ६ लाख २४ हजार ठगी गरेको प्रहरीको दाबी छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगारी विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।