इटहरी । प्रेस चौतारी इटहरीले पत्रकार र पत्रकारितामा रुची राख्ने विद्यार्थीहरुको लागि सञ्चालनमा ल्याएको सात दिने फोटोसप र भिडियो मिक्सीङसम्बन्धी आधारभुत तालिम आज (बुधबार) सम्पन्न भएको छ ।
इटहरीको ब्रिटिश एजुकेशन कन्सल्टेन्सीको सभा हलमा सञ्चालन भएको तालिममा विसप ताम्राकार, हिमाल दाहाल तथा व्रिटिश एजुकेशनका आइ टि इन्चार्ज हेमनारायण राजवंशीले फोटोसप सम्बन्धी र दिपेश खतिवडा र कृष्णचन्द्र सुवेदीले भिडियो मिक्सीङसम्बन्धी सहजिकरण गरेका थिए ।
उक्त तालिम आफूहरुको लागि निकै उपलब्धिमूलक भएको सहभागीहरुले बताएका छन् ।
इटहरी उपमहानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष जितेन्द्र थापाको प्रमुख अतिथि रहेको कार्यक्रममा उपस्थित विशिष्ट अतिथि, अतिथीहरुले पनि तालिमको प्रसंशा गरेका थिए ।
प्रेस चौतारी नेपाल इटहरी कमिटीका अध्यक्ष रेवती निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी सुनसरीकी अध्यक्ष सुभद्रा प्याकुरेल, प्रेस सेन्टर नेपाल सुनसरीका उपसचिव राजन केडि, अग्रज पत्रकार तुलसी सुवेदी, प्रेस चौतारी इटहरी नगर इञ्चार्ज विकल पौडेललगायतको उपस्थिती रहेको थियो ।
तालिमको लागि हल उपलब्ध गराएका ब्रिटिश एजुकेशनका सञ्चालक नगेन्द्र दंगालले कार्यक्रममा सहयोगी बन्न पाउँदा खुशी भएको बताए ।
यस्तै, कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपाल इटहरी कमिटीका अध्यक्ष निरौलाले आगामी दिनमा पनि विभिन्न प्रकारका तालिमहरु गराइने प्रतिबद्धता व्यक्त गरे । तालिममा २० जनाको सहभागिता थियो ।


















