विराटनगर । भारतका वरिष्ठ न्यूरो सर्जन प्रोफेसर डा.एडमण्ड जोनाथान विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आवद्ध भएका छन्। भारतको भेलोरस्थित क्रिस्चियन मेडिकल कलेजमा काम गर्दै आएका प्राडा जोनाथानले त्यहाँ छोडेर बुधबारबाट नोबेलमा सेवा सुरु गरेका हुन्।

उनलाई नोबेलका न्यूरो विभाग प्रमुख डा प्रकाश काफ्लेसहितको टिमले स्वागत गरेको छ। प्राडा एडमण्ड ब्रेन ट्यूमर, मेरुदण्डको नसा च्यापिएको, ट्यूमर पलाएको लगायत समस्याको दुरविनको माध्यमबाट अप्रेशन गर्न अब्बल मानिन्छन्।

प्राडा जोनाथानको नोबेल प्रवेशले नेपाली विरामीहरुलाई निकै राहत मिल्ने नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्मा बताउँछन्।

नोबेलमा बरिष्ठ न्यूरो सर्जन डा काफ्ले, डा प्रमोद चौधरी लगायत न्यूरो सर्जनहरु पनि कार्यरत छन्।