उदयपुर । उदयपुरको कटारी नगरपालिका–१० सोतास्थित ६० वर्षीय वृद्ध फौदबहादुर श्रेष्ठको घर नजिकैको भिरबाट लडेर मृत्यु भएको छ । घर नजिकै रहेको गोदाममा किराना पसलको सामान राखी घर फर्किने क्रममा अचानक भिरबाट लडेर २ सय मिटर तल पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा डिएसपी राकेशकुमार पोदारले जानकारी दिए । लास पोस्टमार्टमको लागि कटारी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

घटनाको आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाको लागी इप्रका कटारीबाट प्रनाउको कमान्डमा टोली खटिएको जनाएका छन् ।