काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेको नागरिकता विधेयक पेश हुने भएको छ।

सङ्घीय संसद् सचिवालयले आजका लागि तय भएको बैठकको सम्भावित कार्यसूचीमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले राष्ट्रपतिबाट पुनः विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने उल्लेख गरिएको छ।
 
दिउँसो १ बजे बस्ने बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारीसमेत सभा समक्ष गराइनेछ ।

यस्तै राष्ट्रियसभाले पारित गरी सन्देशसहित प्रतिनिधिसभामा पठाइएका ‘शपथसम्बन्धी विधेयक २०७८’, ‘तथ्याङ्क विधेयक २०७६’, ‘स्ट्याण्र्डड नाप र तौल (पाँचौँ संशोधन) विधेयक २०७६’ र ‘प्रत्यायन विधेयक, २०७६’ का बारेमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यसूची छ ।