दाङ । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा दाङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बबई गाउँपालिका ५ हुरुम बस्ने २१ वर्षीय एक्क बहादुर अधिकारी रहेका छन्।
उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । अधिकारीले ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
युवकलाई पक्राउ गरेर घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।


















