इटहरी । इटहरीकी पुष्पा अधिकारीले रेडब्लु खादा ३२ इन्चको स्मार्ट एलईडि टिभी जितेकी छिन् । उनले रेडब्लुको उपहार योजना अन्तर्गत रेडब्लुको बिर्को खोल्दा एलईडि जितेकी हुन् । 

हाल रिलायबल फुड एण्ड बेभरेज प्रालीद्वारा उत्पादन भइरहेको रेडब्लुले उपभोक्ताका लागि अफर ल्याएको छ । उक्त अफर अनुसार रेडब्लुको बिर्को खोल्दा त्यही बिर्कोमा उपहार लेखिएको हुन्छ जस अन्तर्गत उपभोक्ताले १५० सिसिको पल्सर बाइक, ३२ इन्चको स्मार्ट एलईडि, ल्यापटप, टि सर्ट तथा अन्य नगद उपहारहरु जित्नसक्ने छन् । 

यसअघि पनि जनकपुरका सुर्य देब शाहले एलईडि जितिसकेका छन् भने केही उपभोक्ताले नगद उपहार जितेका छन् । रेडब्लुमा यसरी पुरस्कार हात पार्न पाउँदा उपभोक्ताहरु खुशी छन् ।