इटहरी । इटहरी उपमहानगरपालिकाले मुख्य चोकको तीन सय मिटरको दुरीमा पार्किङ गर्न नपाइने जनाएको छ ।
मेयर हेमकर्ण पौडेलले ट्राफिक व्यवस्थापन गर्न सडक क्षेत्र मिचेर भइरहेको पार्किङ हटाउन लागिएको जानकारी गराए ।
नियामक निकाय र स्थानीय सरकारले ट्राफिक व्यवस्थापनको दीर्घकालीन समाधान खोज्न पनि सुरु गरेको जनाएको छ । इटहरीमा साना भाडाका सवारीहरू सडक क्षेत्रमै पार्किङ गर्ने गरिएको छ । जसले सडक क्षेत्र ओगटेर साँघुरो बनाएको छ । अब आफ्नो घर वा दोकान अगाडी पनि पार्किङ गर्न नपाइने उनले बताए ।
यस्तै, सडक र फुटपाथ खाली गर्न ७ दिनको समय दिइने बताइएको छ ।


















