दाङ । दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १२ गुर गाउँमा मंगलबार बेलुकी चट्याङमा परेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै चट्याङ लागेर सोही स्थानका १२ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय दाङ डिएसपी राजन गौतमका अनुसार घटनास्थल चार-पाँच घण्टाको दूरीमा भएकाले मृतकको नाम र घाइतेहरूको अवस्था अझै पत्ता लागेको छैन।
 
बुधबार बिहान प्रहरीको टोली घटनास्थल गएको र सम्पर्क हुन नसकेको उनले बताए।