काठमाडौं। महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायधिस चोलेन्द्र समशेर राणासँग आज बयान लिने भएको छ। सिफारिस समितिको बिहान ११ बजे बस्ने बैठकले सर्वोच्च अदालतका प्रधानन्यायधीश राणासँग बयान लिन लागेको हो।

नेपालको न्याययिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायधिससँग बयान लिन लागेको हो।

फागुन १ गते सत्तारुढ दलले महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो। सोही सिफारिस समितिले पहिलो पटक बयान लिन लागेको हो।