काठमाडौं । आज (बुधबार) सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, तेजाबी सुनको मूल्य आज ९३ हजार ५०० रुपैयाँ कायम गरिएको छ । आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ ।
अघिल्लो दिन १ हजार १४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला १ हजार १३० रुपैयाँ कायम गरिएको छ ।


















