काठमाडौँ। पछिल्ला दुई दिन सामान्य बढेको सेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको छ।
 
उतार चढावबीच बजार परिसूचक नेप्से २१.९७ अंकले घटेर १ हजार ९७३ मा आएर रोकिएको छ। सबै समूह राताम्मे रहँदा कारोबार पनि अर्ब हाराहारीमै सीमित रह्यो। जीवन बीमा समूहमा सबैभन्दा उच्च डेढ सय अंक हाराहारीको गिरावट आउँदा अरु पनि अधिकांश समूह दोहोरो अंकले झरे।
 
आज नेपाल स्टक एक्सचेन्जमा २२४ कम्पनीको ३० लाख कित्ता बराबर सेयर १ अर्ब १३ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ। यस दिन १६८ कम्पनीको सेयर मूल्य घट्दा जम्मा १५ कम्पनीको बढेको पनि नेप्सेले जनाएको छ।
 
आज हिमालयन पावर पार्टनरको सेयर सबैभन्दा धेरै झन्डै ७ प्रतिशतले घटेको छ। समग्रमा बजार घटे पनि आरबीबी म्युचल फन्ड १ र नेपाल इन्भेस्टमेन्ट बैंकको डिबेन्चर झन्डै दुई प्रतिशतले बढेको छ।