काठमाडौं । बुद्धनगरको एक निर्माणधीन घरको छैठौं तलाबाट खसेर १४ वर्षका किशोर किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा १४ वर्षीय अनिकेत रोष र १४ वर्षीया कृतिका जैसवाल रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरु पाठशाला स्कुलमा कक्षा ९ मा अध्ययनरत थिए ।
 
काठमाडौं महानगरपालिका १० स्थित निर्माणधीन घरबाट उनीहरुले एकसाथ हाम फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखएको छ।

साँझ ५ः४४ बजे निर्माणधीन घरबाट हाम फालेका उनीहरुलाई तत्कालै सिभिल अस्पताल पुर्‍याइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार अनिकेत भारत विहार घर भई हाल पेप्सीकोला बस्दै आएका थिए भने कृतिका घट्टेकुलोका स्थायी बासिन्दा रहेकी थिइन् ।