विराटनगर । साइकलबाट लडेर विराटनगरमा एक जनाको मृत्यु भएको छ । विराटनगर–१८ पेट्रोल पम्पनजिकको भित्री सडकखण्डमा बुधबार राति साइकलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गर्दा निर्माणाधीन कल्भर्टमा लडेर जहदा गाउँपालिका–१ का ४६ वर्षीय दीपचन शर्माको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
 
प्रहरीका अनुसार राति ८ बजेतिर लडेर घाइते भएका शर्मालाई उपचारका लागि कोसी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

निर्माणाधीन कल्भर्टमा रातको समयमा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका विषयमा अनुसन्धान सुरु गरेको जनाएको छ ।