काठमाडौ । आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको हो। योसँगै सुनको प्रतितोलाको मूल्य ९३ हजार रुपैंया कायम भएको छ । 

आज तेजाबी सुनको मूल्य ९२ हजार ६०० रुपैयाँ कायम भएको छ । 

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर १ हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।