मोरङ । विराटनगरस्थित कोशी अस्पतालको निमित्त मेडिकल सुप्रिटेन्डेन्टमा वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. लक्ष्मीनारायण यादव नियुक्त भएका छन्।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनलाई अस्पतालको निमित्त मेसुमा नियुक्त गरेको हो। डा.यादव अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन हुन्।
 
पदीय जिम्मेवारी पाएपछि उनले अस्पतालमा देखिएका समस्यालाई सक्दो न्यून गर्नेतर्फ आफू केन्द्रित रहने प्रतिक्रिया दिएका छन्।

यसअघि गत वर्ष फागुनमा हाडजोर्नी विशेषज्ञ डा. यज्ञराज खरेललाई निमित्त मेडिकल सुप्रिटेन्डेन्टको जिम्मेवारी दिइएको थियो।