काठमाडौं । हाँस्य टेलिश्रृंखला ‘सक्किगोनि’का कलाकार मधुसुदन पाठक (सिते बा)ले काठमाडौंबाट चुनाव लड्ने भएका छन्।

आगामी मंसिर ४ मा हुने चुनावमा उनी काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार हुन लागेका हुन्।
 
पाठकले स्वतन्त्र रूपमा उम्मेदवारी दिने तयारी गरेका छन्।
 
ललितपुरमा आज भएको ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा कार्यक्रममा पाठक पनि उपस्थित थिए। यो अभियानको संयोजक सुमन सायमि हुन्।

स्वतन्त्रहरूले एकै चुनाव चिन्ह र घोषणा पत्रमा चुनाव लड्नका लागि यो अभियान सञ्चालन गर्ने बताएका छन्।

उनीहरूले पार्टीका पुराना नेताहरूलाई यो चुनावबाट विस्थापित गर्ने दाबी पनि गरेका छन्।