नुवाकोट । जिल्लाको तादी गाउँपालिका ५ गोरे बस्ने ५० वर्षीया दुर्गा न्यौपानेको हत्या आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।
   
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४० वर्षीय शम्भु तामाङलाई प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय, खरानीटारले जनाएको छ। प्रहरीले तामाङलाई हसियाँसहित पक्राउ गरेको हो।

शम्भुले भदौ ५ गते बिहान हसियाँ प्रहार गर्दा दुर्गा गम्भीर घाइते भएकी थिइन्।

उपचारका लागि खरानीटार अस्पताल हुँदै शिक्षण अस्पताल महाराजगंज पठाएकोमा न्यौपानेको उपचारको क्रममा बुधबार साँझ मृत्यु भएको हो।

प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको छ।