काठमाडौं । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सख्या १२ हजार नाघेको छ। हालसम्म कोरोना संक्रमणका कारण १२ हजार २ जनाको मृत्यु भइसकेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १२ हजार २ पुगेको हो। 

पछिल्लो २४ घण्टामा २६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। मन्त्रालययका अनुसार १७७३ पीसीआर परीक्षणमा १८० जना र १८२५ एन्टिजेन परीक्षणमा ८९ जना गरी २६९ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार यो अवधिमा २१५ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३१५८ रहेको छ।