काठमाडौं । नेपाल राष्ट्र बैंकमा ४३ जनाका लागि जागिर खुलेको छ । राष्ट्र बैंकले सहायक निर्देशक प्राविधिक र प्रशासनतर्फ तथा सहायक पदमा रिक्त पदपूर्तिका लागि जागिर खुलाएको हो ।
योग्यता पुगेका नेपाली नागरिकले आज (भदौ १७ गते) देखि असोज १६ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।


















