उदयपुर । उदयपुरको बेलका नगरपालिका ७ दिलुङटारमा राजकुमार बस्नेतसहित उनकी श्रीमती र छोराको हत्या भएको छ । स्थानीय वालिङ खोलामा बस्नेत परिवारका तीन जनाकै हत्या भएको इलाका प्रहरी कार्यलय रामपुरका प्रहरी निरीक्षक सुवास खनालले बताए ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार हत्यामा संलग्न भएको आशंकामा एक जना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा नरबहादुर बस्नेत छन् । उनी नाताभित्रै पर्ने व्यक्ति हुन् । 

प्रारम्भिक अनुसन्धानका क्रममा सबैलाई खुकुरी हानिएको हुनसक्ने देखिएको प्रहरीको भनाइ छ । घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ ।