दाङ । दाङमा आज शुक्रबार बेलुकी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।
चितवनको नारायणघाटबाट बर्दियाका लागि छुटेको ना ६ ख ९६७९ नम्बरको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका ९ शिवखोलामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
घाइते सबैलाई उपचारका लागि कोहलपुर लगिएको छ । बसमा ३० जना यात्रु सवार थिए । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


















