धनगढी । कञ्चनपुरमा चट्याङ लागेर एक दम्पतीको मृत्यु भएको छ।

आइतबार साँझ ५ बजे कृष्णपुर नगरपालिका–७ का दीपक राना र उनकी श्रीमती मन्तोरा रानाको मृत्यु भएको प्रहरीले जनाएको छ।
 
उनीहरू माछा मारेर फर्किँदै थिए। सोहीक्रममा एक्कासी पानी परेपछि मोटरसाइकल रोकेर रूखको ओत लागेका थिए।
 
रूखमा परेको चट्याङ उनीहरूलाई लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ।