काठमाडौं । दाङको तुलसीपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन्। घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको ना ४ ख ५१३१ नम्बरको बस अपराह्न ४ बजेतिर तुलसीपुर ६ हात्तीखौवामा दुर्घटना पर्दा ११ जना मध्यम घाइते र ७ जना सामान्य घाइते भएका छन्।
घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–१८ की २६ वर्षीया हुमकुमारी बुढामगर, तुलसीपुर–१२ की ५२ वर्षीया दिला केसी, तुलसीपुर–१९ की २८ वर्षीया धना घर्ती, सोही स्थानकी ६९ वर्षीया ओडेना घर्ती, तुलसीपुर–१४ की प्रतिज्ञा बस्नेत, तुलसीपुर ११ की २८ वर्षीया कल्पना केसी, महोतरीका दिवेसकुमार यादव, बर्दिया बाँसगडी निवासी, २३ वर्षीय सुनील थारू, तुलसीपुर १७ का २५ वर्षीय शंकर विक, घोराही १६ की २० वर्षीया सुरक्षा रिजाल रहेका छन्।
त्यस्तै, तुलसीपुर १० का ७० वर्षीय तिलकराम खत्री, तुलसीपुर ११ का ४२ वर्षीय लोकबहादुर गिरी, तुलसीपुर ७ की १७ वर्षीया स्मृति पुनमगर, १८ वर्षीया शर्मीला रोकामगर, तुलसीपुर ८ की ५३ वर्षीया इन्द्रिका काफ्ले, तुलसीपुर ६ की ५२ वर्षीया सुमित्रा कँडेल, लमही नगरपालिका १ का वसन्त भुसाल, रोल्पाको होलेरीकी ७२ वर्षीया सुनमती सेजुवाल रहेको प्रहरीले जनाएको छ।


















