इटहरी । इटहरीको मुख्य चोकमा सार्वजनिक शौचालय बन्ने भएको छ । इटहरी वीरेन्द्र चोकस्थित रेयुकाई चौतारी, पूर्व टेङ्ग्रा खोला, पश्चिम खेतीखोला आसपासका क्षेत्रमा जम्मा ४० लाखको लागतमा शौचालय बन्ने इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताए । 

इटहरी वीरेन्द्र चोकस्थित रेयुकाई चौतारीमा आज एक कार्यक्रमका बिच इटहरी नगर प्रमुख हेमकर्ण पौडेल, उप–प्रमुख सङ्गीता चौधरी र इटहरी वडा नं.६ का अध्यक्ष दिवस पोखरेलले शौचालयको शिलान्यास गरेका हुन् ।

साथै इटहरी पश्चिम लाइनस्थित विशालबजार भित्र रहेको व्यक्तिगत शौचालयलाई केही दिन भित्र सर्वसाधारणहरूको प्रयोगका लागी ल्याइने नगर प्रमुख हेमकर्ण पौडेलले बताए ।