दाङ । टिकटक बनाउँने क्रममा भीरबाट खसेर एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–७ का नवीन केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
शनिबार बिदाको दिन साथीहरूसँग घुम्न दाङ–सल्यानको सीमा क्षेत्रमा पर्ने राम्री पुगेर फर्कने क्रममा तुलसीपुर–७ का ३४ वर्षीय केसीको तुलसीपुर–३ साततलेमा टिकटक बनाउने क्रममा भीरबाट तल खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते अवस्थामा उद्धार गरेर राप्ति प्रादेशिक अस्पताल पुर्याइएका उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।


















