इटहरी । सुनसरी करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सुनसरीको दुहबी नगरपालिका–८ का ५० बर्षीय दिपक मगर भनिने चन्द्र थापामगर रहेका छन् । उनी आफ्नै घरको छत सफा गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका थिए ।

घाइते मगरलाई उपचारको लागी टिचिङ अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।