इटहरी । सुनसरीको दुहवीमा सवारी दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। दुहबी नगरपालिका ३ स्थित फुटानी चोकमा को १ च ७१८६ नम्बरको ग्यास बोकेको पिकअप गाडीले प्रदेश नं.१ ०४ ००१ प ८१३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा मोरङ धनपालथान गाउपालिका २ का २० वर्षीय धिरज मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी राजकुमार राईले बताएका छन्।
उनका अनुसार पिकअप गाडीको ठक्करले गम्भीर घाइते भएका मण्डलको उपचारका क्रममा विराटनर्सिङ होममा मृत्यु भएको हो।
मोटरसाइकलको पछाडि बसेका सोही स्थानका १६ वर्षीय चक्र देव घाइते भएका छन्। ठक्कर दिने पिकअप गाडी र चालक दुहवी ८ का वीरनारायण चौधरीलाई इलाका प्रहरी कार्यालय दुहवीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको डिएसपी राईले बताए।


















