इटहरी । सुनसरीको कोसी गाउँपालिकास्थित भ्याण्टाबारीमा सप्तकोसीको भंगालोमा नुहाउने क्रममा एक बालिकाको डुबेर मृत्यु भएको छ । 
 
मंगलबार भंगालोमा डुबेर बेपत्ता भएकी कोशी गाउँपलिका–८ बस्ने मुर्सिद मियाको छोरी ११ वर्षीया नजराना खातुनको शव पानीमुनी बालुवामा गाडिएको अवस्थामा सशस्त्र प्रहरीले बुधबार फेला पारेको हो।   

खातुनको खोजतलासमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी पकलिबाट गएको विपद व्यवस्थापन टोलीले शव फेला पारेको थियो । प्रहरीका अनुसार शव परिवारलाई जिम्मा लगाइएको छ।