काठमाडौं । देशका ७५ वटा जिल्लामा डेगूँ संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको आजको नियमित प्रेस विफ्रिङमा प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले कोरोना सङ्क्रमणका साथै हाल देशका अधिकांश जिल्लामा डेगूँ संक्रमण देखिएको बताए । यस्तै, काठमाडौँ उपत्यका लगायत केही जिल्लामा डेगूँ संक्रमण प्रकोपको रुपमा बढ्दै गएको समेत उनले जनाए । 
 
एडीस प्रजातिका लामखुट्टेको टोकाईबाट सर्ने डेगूँ दिनको घाम उदाएको २ घण्टा पछि र घाम अस्ताउनु २ घण्टा अघिको समयसम्म सक्रिय रहने भएकोले लामखुट्टेको टोकाईबाट बच्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयका अनुसार हालसम्म ६ हजार २ सय ७ जनालाई डेगूँ संक्रमण भइसकेको छ ।